Mummy फिल्मको च्यारिटी शो सम्पन्न, Innerwheel Club of Satdobato का लागि सहयोगार्थ

Mummy फिल्मको च्यारिटी शो सम्पन्न

२७  माघ, काठमाडौं : लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा भव्य रूपमा सम्पन्न भएको छ। Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित उक्त कार्यक्रममा करिब १६० जना दर्शकहरूको उपस्थिति रहेको थियो।

Mummy फिल्मको च्यारिटी शो सम्पन्न

कार्यक्रमलाइ एम्सी सावित्री ढुंगानाले सञ्चालन गरेकी थिइन् भने क्लबकी चार्टर्ड प्रेसिडेन्ट सिमा राईले स्वागत मन्तव्य दिएकी थिइन्। लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टका म्यानेजर पूरब महन्तले कम्पनीले विवाह, पास्नी, सेमिनार, सौन्दर्य प्रतियोगिता, सम्मेलनजस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जानकारी गराए। कम्पनीकी प्रबन्ध निर्देशक पूजा रेग्मीले यस्ता समाजसेवामुखी कार्यक्रमहरू आयोजना गर्न पाउँदा खुशी लागेको बताइन्।

Mummy फिल्मको च्यारिटी शो सम्पन्न

यस विशेष च्यारिटी शोमा Mummy फिल्मका कलाकार समीप निरौला, सुलक्षण भारती, बाल कलाकार जेभिस श्रेष्ठ, जेनीश श्रेष्ठ, साथै फिल्मकी निर्मात्री पूर्णिमा जोशी र निर्देशक समर निरौला सहभागी थिए।

Mummy फिल्मको च्यारिटी शो सम्पन्न

यस च्यारिटी शोले Innerwheel Club of Satdobato को सहयोगमा समाजसेवामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। आयोजकहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Mummy फिल्मको च्यारिटी शो सम्पन्न
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *