नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २३ जना घाइते

२७  माघ, चितवन – नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलमा बस दुर्घटना हुदा २३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, बिहान ४:३० बजे दुर्घटना भएको हो। बसमा कुल २८ जना यात्रु सवार थिए, जसमा २३ जना घाइते भएका छन् भने बाँकी ५ जना सकुशल रहेको बताइएको छ। घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ।

प्रहरी निरीक्षक भण्डारीले बसको टायर पञ्चर भएपछि अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने बताएकी छिन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *