संविधान संशोधनका लागि सबै दलबीच सहमति आवश्यक: डा. शेखर कोइराला

संविधान संशोधनका लागि सबै दलबीच सहमति आवश्यक: डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमतको दम्भले मात्रै पुग्ने कुरा अस्वीकार गर्दै सबै दलबीच सहमति अपरिहार्य रहेको बताएका छन्।

बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन सम्भव नहुने धारणा व्यक्त गरे।

‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन। यसमा माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा, र अन्य दलहरूको पनि सहमति आवश्यक छ,’ कोइरालाले भने।

उनका अनुसार संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषय साझा धारणा बनाएर मात्र सम्भव छ। दुई तिहाइको आधारमा मात्र संविधान परिवर्तन गर्ने प्रयास गलत हुनेछ। उनले संविधानलाई यस्तो दस्तावेजका रूपमा प्रस्तुत गरे जुन सबै राजनीतिक शक्तिहरूलाई स्वीकार्य हुनुपर्छ।

त्यस्तै, उनले अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुश प्रवृत्तिको उदाहरण भएको बताए। उनले राजनीतिक प्रक्रियाहरूलाई लोकतान्त्रिक तरिकाबाट अघि बढाउन जोड दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *