काठमाडौं: ‘पुर्णिमालाइ हटाएर’ गीतले नेपाली संगीत क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता प्राप्त गरेको छ। भारतको मुम्बईमा आयोजित 2nd-Dadasaheb International Motivational Award-2025 मा मोडल दिपा कटुवालले यस गीतबाट आफ्नो पहिलो अभिनय गर्दै Best Debut Female Model-Nepal अवार्ड हात पार्न सफल भएकी छिन्।
आइतबार राति मुम्बईको वेस्ट अधेरीमा भव्य रूपमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले अवार्ड जितेका थिए। नेपालबाट मोनु साह र दिपा कटुवाल अभिनीत यस म्युजिक भिडियोले प्रेम र बिछोडको कथालाई मार्मिक रूपमा चित्रण गरेको छ।

दिलिप लामाको स्वर, हेमराज काफ्लेको शब्द, र मनोज राज शिवाकोटिको संगीतले यो गीतलाई भावनात्मक र आकर्षक बनाएको छ। सुबास साहको निर्देशन र सुजन श्रेष्ठको छायांकनले भिडियोको गुणस्तरलाई थप उचाइमा पुर्याएको छ। सहआयोजक एपिम कम्पनीले नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय स्तरमा योगदानको प्रशंसा गर्दै कार्यक्रमको सफलताको जानकारी दिएको थियो।”
यो पनि ……
प्रेम र बिछोडको कथा बोकेको “पुर्णिमालाइ हटाएर” गीत सार्वजनिक