तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित हुनु देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *