मधेश प्रदेश सरकारले शहीदहरूको स्मरणमा एक लाख दीप प्रज्वलन गर्ने

मधेश प्रदेश सरकारले शहीदहरूको स्मरणमा एक लाख दीप प्रज्वलन गर्ने

 काठमाडौं। मधेश प्रदेश सरकारले शहीदहरूको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने तयारी गरेको छ। मिथिला क्षेत्रमा धूमधामका साथ जानकी नवमी पर्व मनाइँदै, विशेष धार्मिक अनुष्ठान सम्पन्नसाँझ दीप प्रज्वलन गरिने प्रदेश सरकारले जनाएको छ।

शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यो जानकारी दिएका हुन्। उनले शहीदहरूको सम्मानमा प्रदेश सरकारले विभिन्न अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरेको बताए।

शहीद परिवारको सम्मान तथा घाइतेहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारले केही रचनात्मक कार्यक्रम अघि बढाएको मन्त्री लेखीले उल्लेख गरे। साथै, शहीद परिवारलाई आमन्त्रण गरी अभिनन्दन कार्यक्रम आयोजना गर्ने योजना समेत रहेको उनले बताए।

यो पनि …..

मिथिला क्षेत्रमा धूमधामका साथ जानकी नवमी पर्व मनाइँदै, विशेष धार्मिक अनुष्ठान सम्पन्न

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *