मिथिला क्षेत्रमा धूमधामका साथ जानकी नवमी पर्व मनाइँदै, विशेष धार्मिक अनुष्ठान सम्पन्न

मिथिला क्षेत्रमा धूमधामका साथ जानकी नवमी पर्व मनाइँदै, विशेष धार्मिक अनुष्ठान सम्पन्न

महोत्तरीमा आज प्राचीन मिथिला क्षेत्रमा जानकी नवमी धूमधामका साथ मनाइँदैछ। यो पर्व आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा मनाइने परम्परा छ। बिहीबारदेखि नै आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।

सीतालाई वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायतका धेरै नामले पुकारिन्छ। हिन्दू परम्परामा देवीस्वरूपा मानिने सीता त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ। मिथिलाका मठ-मन्दिरमा यो पर्व नौ दिनसम्म विभिन्न विधिका साथ मनाइन्छ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णवका अनुसार जानकी नवमी सम्पूर्ण हिन्दू समुदायका लागि महत्वपूर्ण भए पनि सीता प्राचीन मिथिलाकी छोरी भएकाले यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको छ। प्राचीन मिथिलाका मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन्।

जनकपुरधाममा हिजो साँझदेखि दीपावली गरिएको थियो। जनकपुरधामस्थित दुधमती नदीमा आज बिहान शाहीस्नान सम्पन्न भएको छ। महोत्तरीका विभिन्न स्थानमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ। आज जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *