२३ पुस, काठमाडौं : आज बिहान ६:५२ बजे देशका विभिन्न स्थानमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। केही समयसम्म जमिन हल्लिएको अनुभव गरिएपछि मानिसहरू त्रसित हुँदै घर बाहिर निस्किएका थिए।
हालसम्म केन्द्रविन्दु र क्षतिको विवरण खुल्न सकेको छैन। सम्बन्धित निकायहरू भूकम्पको प्रभाव र क्षतिको विश्लेषण गरिरहेका छन्।
यसअघि पनि पश्चिम नेपालमा लगातार साना भूकम्पहरू महसूस हुँदै आएका थिए, जसले भूकम्पीय गतिविधि सक्रिय रहेको संकेत गर्छ।