सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा
सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
बाढीको समयमा सुरक्षित रहनका लागि पूर्व तयारी गर्नु, चेतावनीहरू ध्यान दिनु, सुरक्षित स्थानमा जानु, बाढीको समयमा सतर्क रहनु, यातायातका साधनको प्रयोग नगर्नु, र उद्धार टोलीसँग सहकार्य गर्नु महत्वपूर्ण छ। यी उपायहरू अपनाएमा तपाईं र तपाईंको परिवारको सुरक्षामा मद्दत पुग्न सक्छ।
सप्तकोशी नदीमा पानीको बहाव घटे पनि खतराको सङ्केत रातो बत्ती भने बालिएको छ। बहाव बढेर खतराको तह पार गरेपछि आइतबार बिहानदेखि ५६ वटै ढोका खुल्ला गरिएकोमा सोमबार साँझ छ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २० हजार ८४० क्यूसेकमा झरेको छ। पानीको बहाव घटे पनि खतराको सङ्केत रातो बत्ती भने कायमै छ । अहिले…
हरिवनः कौडेनामा मोटरसाइकको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। गाउँपालिका-२ मा आज दिउँसो १ बजेतिर भएको दुर्घटनामा वडा नम्बर २ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको हो। गाउँको भित्री सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुखिया देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। वृद्धाको शव पोष्टमार्टमका लागि…
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति नरहेको बताएका छन्। सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरे। उनले अध्यक्ष ओली जीवन र…
मनसुनसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुस्ताएको छ। लगातारको वर्षाले आन्तरिक र भारतीय पर्यटकको संख्या घटेको छ, होटल अकुपेन्सी घटेको छ। पोखरा भिलेज रिसोर्टका संचालक हरि शर्माका अनुसार बाढी पहिरोले गर्दा पोखरा ‘लक’ भएको छ, पाहुनाको आवतजावत ठप्प भएको छ। सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ, पोखरा भित्रिने मुख्य मार्गहरू बन्द भएका छन्। हवाई मार्ग पनि अवरुद्ध भएको छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। होटल संघका पूर्व अध्यक्ष शर्माले पाहुनाको यात्रा सुरक्षित बन्न नसकेको बताए। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले वर्षायाममा पाहुना आगमन निकै घटेको बताए। पर्यटन क्षेत्रका अन्य व्यावसायीले पनि वर्षाका कारण पर्यटकीय गतिविधि कम भएको बताएका छन्।
निरन्तर वर्षाले पोखरा जोड्ने मुख्य राजमार्ग यात्रा जोखिमपूर्ण बनेको छ। खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ। पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडकको स्तरोन्नति कार्य समयमै नसकिँदा वर्षातमा हिलो र हिउँदमा धुलोबाट यात्रा गर्नुपर्ने बाध्यता छ। पृथ्वी राजमार्गअन्तर्गत मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। स्थानीयवासी र यात्रुले सडक निर्माण ढिलाइले थप हैरानी खेपिरहेका छन्।
राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
जनकपुरधामः देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १…
बाढीले क्षति गरेपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ तीन दिनदेखि अन्धकार बनेका छन्। राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पुर्याएको थियो। बिद्युत नहुँदा तीन दिनदेखि अन्धकारमा बस्नु परेको राप्ती सोनारी–१ खोकरीका स्थानीय इन्द्र ओलीले बताए। ‘तीन दिनदेखि गाउँमा बत्ती छैन, बर्खायामको बेलामा बाढीको जोखिम उत्तिकै छ, गाउँ पुरै अन्धकार…