मलंगवाबाट अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ –

सामाजिक सञ्जालमार्फत ठगी गर्ने सिरहाका व्यक्ति पक्राउ

मलंगवा : सर्लाहीबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

जिल्ला सदरमुकाम सर्लाही क्याम्पसमा सिटिइभिटीबाट सञ्चालित सामान्य चिकित्साको प्रवेश परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन खोज्ने सिरहा सुखीपुर नगरपालिका-३ का ३१ वर्षीय दुर्गा शर्मालाई प्रहरीले पक्राउ गरेको हो।

उनले शिवनारायण ठाकुरको नाममा परीक्षा दिन परीक्षा केन्द्रमा प्रवेश गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शर्माविरुद्ध शिक्षा ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीले शर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *