सर्लाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
प्रहरीका अनुसार गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै ८० वर्षीय रायको हत्या भएको हो ।
उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।
प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ । घटनाको अनुसन्धान जारी छ ।
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
