चन्द्रनिगाहपुरमा रूख ढलेका कारण देशभर विद्युत् अवरुद्ध –

चन्द्रनिगाहपुरमा रूख ढलेका कारण देशभर विद्युत् अवरुद्ध -

काठमाडौं  : शनिबार साँझ देशभर विद्युत् वितरण प्रणालीमा समस्या आएपछि देशका अधिकांश स्थानमा एकैपटक बत्ती गयो। चन्द्रनिगाहपुरमा रूख ढलेका कारण देशभर विद्युत् अवरुद्ध भएको थियो ।

विद्युत् प्राधिकरणका अनुसार विराटनगरबाहेक अन्य क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको बताइएको छ।

मुख्यतः रौतहटको चन्द्रनिगाहपुर-नवलपुर खण्डको प्रसारण लाइनमा रूख ढलेका कारण विद्युत् अवरुद्ध भएको प्राधिकरणको भनाइ छ।प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने, ‘प्रसारण लाइनको ब्याक अप नभएका कारण विद्युत् अवरुद्ध भएको हो, विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको छ’, उनले भने।

ढल्केबर-हेटौंडा प्रसारण लाइन नबनेका कारण र सर्लाहीको लालबन्दीमा तार फेर्न नपाएका कारण पनि विद्युत् अवरुद्ध भएको प्रवक्ता घोषले बताए।ढल्केबर इनरुवा ४०० केभी प्रशारण लाइन बनेका कारण पूर्व क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या नरहेको उनले बताए। ट्रान्समिसन लाइनमा अवरोध भएका कारण विद्युत् अवरुद्ध भएको उनको भनाइ थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *