बाराका एक वडाध्यक्षलाई एक महिना कैद र एक हजार जरिवाना

बारा : आपराधिक उपद्रो गरेको भन्दै जितपुर सिमरा उपमहानगरपालिक वडा ७ का वडाध्यक्षसहित ६ जनालाई बारा जिल्ला अदालतले एक महिनाको कैद फैसला सुनाएको छ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले शुक्रबार वडाध्यक्ष सुनिल गुप्तालगायतलाई कैदसहित जनही एक हजार रुपैयाँ जरिवाना गरेको हो।

वडाध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पुर्‍याएका थिए। गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका निकटतम प्रतिस्पर्धी थिए।

गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्दामा वडाध्यक्ष गुप्ता, नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, कानु भनिने सुनिल साह, वडा अध्यक्षका दाइ अनिल गुप्ता, सुरेश राउत अहिर भनिने सुरेश यादव र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका थिए।

मुलुकी अपराध संहिता २०७४ को दफा २७५ (१) र (२) (ख) बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतले फैसलामा सुनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *