काठमाडौं : महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ
२ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो।तर,साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेको थिएन।
१५औँ अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि तीन दलका निर्वाचित तीन वडाध्यक्षले साझा संशोधन प्रस्ताव राखेका थिए ।
२ असारमा महानगर प्रवक्ता नवीन मानन्धरले नीति तथा कार्यक्रममाथि अध्ययन गर्न समय लाग्ने बताएका थिए।
वडा अध्यक्ष नवराज पराजुली र ईश्वरमान डंगोलले पनि संशोधन प्रस्ताव तयार गर्न समय लाग्ने बताए।
त्यसका लागि केही घण्टा नगरसभा बैठक सार्न आग्रह गर्दा मेयर बालेन मानेका थिएनन्।उनले बजेटको दिनसम्मकै लागि बैठक स्थगित गरेका थिए ।
१० असारमा बजेटकै दिन बालेनले नीति कार्यक्रममा छलफल गराए।
तर,उक्त दिन मानन्धर,पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरे पनि उक्त प्रस्तावमा अधिकांश नगरसभा सदस्य देखिए।
मेयर बालेनले ल्याएको नीति कार्यक्रम कार्यपालिकामा नै छलफल नभएको कुरा नगरसभामा कुरा उठेको थियो।
नीति तथा कार्यक्रममा प्रश्न उठेपछि पास नगरी आगामी आवको बजेट प्रस्तुत भएको थियो ।
१४ असारमा मेयर बालेनले आगामी आवको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे।
नगरसभा सदस्यहरूले तीन वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावमाथिको छलफलपछि मात्रै पास गर्ने बताएका थिए ।
त्यसपछि सोमबार महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गर्न मेयर तयार भएका थिए ।
त्यसपछि आज संशोधन सहित नीति तथा कार्यक्रम पारित भएको हो ।


