सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए। उनले भने, ‘पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ।’

राजमार्ग खुलेसँगै बझाङ जाने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन चलेका छन्।

सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

पहिरो पन्छ्याइएपछि राजमार्ग सञ्चालनमा आएको र घन्टौँदेखि रोकिएका सवारीसाधन तथा अलपत्र रहेका यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

लामो समयको खडेरीपछि मनसुनी वर्षा सुरु भएसँगै पहिराका कारण सडक, विद्यालयलगायतका संरचनामा क्षति पुग्न थालेको छ ।

  • जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध थियो। पाटन नगरपालिका-८ झौलेकमा सडक भासिएको कारणले समस्या उत्पन्न भयो।
  • लगातारको वर्षाका कारण गत आइतबारदेखि सडक भासिएको थियो। जसले गर्दा राजमार्ग बन्द भएको थियो।
  • सडक भासिएपछि सम्बन्धित निकायले तत्परता देखायो। सडक किनारबाट पर्खाल निर्माण गर्ने निर्णय गरियो।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले पर्खाल निर्माणपछि राजमार्ग सञ्चालनमा आएको जानकारी दिए।
  • पर्खाल निर्माण पूरा भएपछि, राजमार्गमा पूर्ण रूपमा सवारी आवागमन शुरु भएको छ।
  • राजमार्ग खुला भएसँगै बझाङ र अन्य स्थानका लागि सवारी साधनहरु पुनः चल्न थालेका छन्।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *