सर्लाही । सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा करेन्ट लाग्दा एक जनाको मृत्यु र एक जाना गम्भीर घाइते भएका छन।मृत्यु हुनेमा बरहथवा नगरपालिका-१० का २१ वर्षीय अबोध ठाकुर रहेका सर्लाही प्रहरीले जनाएको छ।
बरहथवा नगरपालिकामा करेन्ट लाग्दा घाइते
प्रहरीका अनुसार अबोध ठाकुर बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा ठेकेदारमार्फत ज्याला मजदुरीमा काम गर्दै आइरहेका थिए । सोही कार्यालयमा काम गर्ने क्रममा उनलाई र उनका भाइ आनन्द ठाकुरलाई आज (बिहीबार) बिहान करिब ११ बजे करेन्ट लागेको थियो।
उपचारका लागि अस्पताल
बरहथवा नगरपालिकामा करेन्ट लागि घाइते भएका उनीहरूलाई उपचारका लागि नजिकै रहेको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा लगिएको थियोे
बरहथवा नगरपालिकामा करेन्ट लागि मृत्यु पुष्टि
अबोधलाई सञ्जीवनी अस्पतालमा उपचार सम्भव नभएपछि हरिवनस्थित सरस्वती अस्पतालमा लगिएको थियो। सोही दिन सञ्जीवनी अस्पतालमा उपचार सम्भव नभएपछि हरिवनस्थित सरस्वती अस्पतालमा रिफर गर्दा सरस्वती अस्पतालका डाक्टले उनलाई दिउँसो मृत घोषणा गरेका हुन्।
अनुसन्धान
अहिले अबोधको शव सोही अस्पतालमा राखिएको छ। घाइते अवस्थामा रहेका उनका भाइ आनन्दलाई बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भैरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


