मध्य रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घट्यो : पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । शनिबार (आज) मध्य रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६५ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) तिर्नुपर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) कायम गरिएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

शनिबार (आज) मध्य रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले इन्धनको नयाँ मूल्यसूची हेर्नोस्–

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *