सरोज कुमार यादव पदमुक्त ; मधेशमा नयाँ सरकार गठनको कसरत सुरु

सरोज कुमार यादव पदमुक्त भएपछि,मधेशमा नयाँ सरकार गठनको कसरत सुरु

मधेशमा नयाँ सरकार गठनको कसरत सुरु भएको छ। आज राति सरोज कुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार पाउन लागेको हो। जसका लागि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्। प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको बहुमतसहित दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्। मधेशमा अब जनमतको सरकार बन्ने छ। मधेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्। सरोज कुमार यादव पदमुक्त ।

एकीकृत समाजवादी, १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेतको समर्थनमा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्रीको दाबी पेश गर्ने दलहरुको तयारी छ। १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन्। यो संख्या ५३ पुग्छ। सरोज कुमार यादव पदमुक्त ।

१–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तयार भएका छन्। २०७९ पुस २७ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका जसपा संसदीय दलका नेता सरोज यादव बुधबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि पद मुक्त भएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *