आजकाल तिमि म बाट टाढा हुदै गर्दा हरेक रात सपनीमा देख्छु , जिउ ज्यान सबै सुम्पिदा नि के कुरामा कमि बनाइस भन्दै रातमा सपनिहरु आएर सोध्ने गर्छ्न त्यति मात्रै नभएर रातभर तिम्रो यादमा भकानिएर रुदा साथमा एउटा साथी सिरानी हुन्नथ्यो तर आज त्यही सिरानिले पनि चिच्याइ चिच्याइ सोध्ने गरेको छ ,खोइ तेरो जिन्दगी ,खोइ तेरो मुटु जस्को त हरपल तारिफ गर्थिस मलाई रातभर ,यस्तो छे उस्तो छे मेरि उनी भन्दै ,आज कहाँ गै भन्दै प्रश्न चिन्हो लगाएको छ? अब आफै भन न सानू के उत्तर दिम त्य्सलाइ ।
तिम्रो खुशीको लागि मैले सारा पीडा लुकाई नहासेको पनि भन्न त मिल्दैन साथै याद्द त होला नि सानु , तिम्रो एक मुस्कानको लागि मैले ज्यान पनि दिन्थेँ। जब जब तिमी नजिक हुन्थ्यौ तब केही बोल्ने हिम्मत आउदैन थियो । मुस्किलले केही शब्द बोल्न खोज्दा खै किन हो मेरो मुटुको धड्कन बढ्थ्यो। जब तिम्रो आँखा मा हेर्थे ,लाग्छ स्वर्ग तेहि छ। म संग बोल्दा मस्केर बोल्थ्यौ तर तिम्रो आँखाले अरु केही भनी रहेको जस्तो लाग्छ अहिले पनि । एकछिन म मौन रहदा पनि हतार हतारमा बोल्न खोज्छौ तिमी । मलाई थाहा छ तिमी अर्कोलाई माया गर्छौ आजकाल।
मैले तिमीलाई मनैबाट धेरै माया गरेको थिए र भबिस्यमा पनि हरपल गरिरहने छु ,तर हामीबीच ठुलो पर्खाल छ , हामी एक हुन सक्दैनौ कहिले पनि । माया साटासाट गर्न सक्दैनौ…कारण हाम्रो समाज, धर्म र जात । तिमीलाई मन पराउने त धेरै छन् र मलाई थाहा छ तिमी पनि अरुलाइ मन पराउछौ । हामी केही कारणबस एकअर्काबाट छुट्टीएर गए नि मैले जति माया तिमीलाई कसैले नि गर्दैन होला, न कसैले गरेको थियो, न कसैले गर्ने छन ।
म तिमीलाई कुनै कर गर्ने छैन । यदि तिमी मलाई आँगल्न सक्दैनौ भने ठिकै छ तिमी उसलाई नै रोज ,जसले तिमीलाई धेरै माया गर्छ , जसले तिम्रो राम्रो ख्याल राख्छ। यदि तिमी अरु कुनै मानिस संग खुशी जिवन बिताउन सक्छौ भने म मेरो माया लाई त्याग्न तयार छु ,तिम्रो खुशीको लागि । तिम्रो खुशी नै मेरो लागि सब थोक हो चाहे तिमी मेरी हौ या अरु कसैको । भन्छन ‘आफुलाई मन पर्ने, most important चिज प्राप्त गर्नु र पाउनु भन्दा आफुलाई मन पर्ने चिज, माया गर्ने मानिस, आफ्नो जिन्दगी त्याग्नु र sacrifice गर्नु सबैभन्दा ठूलो कुरा हो सानु”।
त्याग नै सबै थोक होइन । फेरि त्याग गर्नु पर्छ भनेर सबैलाई जान नदिनु सानू ,यो सबै स्थिति हेरेर हुन्छ।मलाई के लाग्छ भने यदि साचो मायालाई sacrifice गर्न सकिन्छ भने त्यो नै सबैभन्दा साचो माया हो। यदि sacrifice गर्न सक्नु हुन्न भने त्यसलाई त स्वार्थी माया भनिन्छ हाम्रो समाजमा
मैले तिमीलाई धेरै माया गर्थेँ साँचो माया गर्थे तर तिमीले अर्कैलाई रोजेउ।अर्कै संग खुशी हुन्छौ भने मेरो चोखो माया sacrifice गर्नु तयार छु सानू । भए नि म माया गर्थेँ सधैं भरि तेति नै धेरै माया गरिरहनेछु। तिम्रो जिवन खुशी होस, सुखी होस, तिम्रो आँखा बाट आँसु कहिले नि नजरोस ।
“के गर्नु हजुर माया मा धोका पाएको मान्छे, राम्रोसँग लेख्न आउदैन, हल्का लेख्देको मन हल्का हुन्छ भनेर…”
सबैलाई भेट्ने को लागि धन्यवाद!!! 🙂


