संसद अवरोध: प्रधानमन्त्री दाहाल र कांग्रेसको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्दैछन्। शुक्रबार बेलुका नै यो छलफलको तयारी भए पनि अन्तिम समयमा स्थगित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्दैछन्। शुक्रबार बेलुका नै यो छलफलको तयारी भए पनि अन्तिम समयमा स्थगित भएको थियो।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू बालुवाटार जाने तयारीमा छन्। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ।

कांग्रेसकै अवरोधका कारण बिहीबार र शुक्रबारका बैठकहरू प्रभावित भएका थिए।राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि कांग्रेसको अवरोधका कारण धन्यवाद प्रस्ताव पारित हुन सकेको छैन। आजको छलफलले संसद अवरोध खुलाउन सक्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *