मधेस प्रदेश, धनुषा जिल्ला, शहिद नगरपालिकामा रहेको श्री जन्ता मा.बि यदुकोहा विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको अनौपचारिक रूपमा NEB फारम शुल्क रु 650/- र रु 3800/- जम्मा रु 650 + 3800 = रु 4450/- प्रत्येक विद्यार्थी बाट उठाइरहेको गुनासो आएको छ। यति मात्रै नभएर विद्यार्थीहरुले हामिसामु अरु गुनासो पनि भनेका छन ।
विद्यार्थीहरूले दिएका तर्कहरू:-
१. हामिसङ बिधालयले रु १०००/- दरमा भर्ना शुल्क लियो तर हामीले उक्त शुल्क तिरेको बिल माग्दा प्रसासनले इनकाअर गर्यो ।
२. अहिलेसम्म बिधालयले दिने पुस्तक दिएको छैन ।
३. NEB लाई फारम शुल्क रु 600/- भएता पनि हामीसङ रु 650/- लिएको छ
४. टर्मिनल परीक्षाको पनि शुल्क लिएको छ
५. विद्यालयले शिक्षकलाई दिने तलब, बिजुलीको बिल, खाजा भत्ता र खाना भत्ता विद्यार्थीले तिर्नुपर्छ ।
६. हामीले तिरेको हरेक शुल्कको बिल हामिलाइ दिइओस र जथाभावी शुल्क न उठाउन गुनासो गरेका छन।
७. नगरपालिकालाई ज्ञापन पत्र बुझाए ता पनि नगारपालिकाले यो हाम्रो अधिकार भित्र पर्दैन बिधालयमै गुनासो गर भनेर विद्यार्थीहारुलाई फिर्ता पठाएको छ ।
समग्रमा कक्षा ११ का विद्यार्थीहरुले रु. ४४५०/- विद्यालयको खातामा जम्मा गर्न लगाएका छन ,NEB फर्म भर्न । जम्मा रु ४४५०/- नगरेमा NEB फारम भर्न नदिएर विद्यार्थीहारुलाई फिर्ता पठाएको छ।
उनीहरुले भोलिको दिनम परिक्षा दिन पाएन्न भने यस्को दोसी को ? आत्मा, आशा, कीर्ति, समाचार मिडिया च्यानल, गरिब/पीडित विद्यार्थीहरू, गम्भीर समस्यामा परेका उनीहरूको पत्रिका/पृष्ठ सम्बन्धित निकायमा पुऱ्याउन सहयोग गरिदिनु होला भन्दै सहयोगको आशा राख्दै हामी माझ गुनासो पोखेका छन ।




