काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे सोमबार (भोलि) सम्म निर्णय गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले सो विषयमा निर्णय गर्न नसक्दा भोलि निर्णय गर्ने भएको हो ।
आज बसेको सचिवालय बैठकपछि बोल्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले उम्मेदवार उठाउने वा नउठाउनेबारे भोलिसम्म निर्णय गर्ने बताए । यता सत्तारुढ दल नेकपा एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छ ।
माओवादी केन्द्रले भने उम्मेदवारको टुंगो लगाएको छैन ।साथै अन्य दलले पनि उम्मेदवारका बारेमा छलफल चलाइरहेका छन् ।


