भन्सार छलि ल्याईएको सुन सहित दुईजना पक्राउ

काठमाडौं । भन्सार छलि ल्याईएको सुन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवा गढी केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं ल्याएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला ईटहरी उपमहानगरपालीका वडा न ११ घर भएको २६ वर्षीय सुदिप बि .क र गोरखा चुमनुब्री गाउँपालीका वडा न. ६ घर भएको ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट १२८।७ ग्राम सुन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *