काठमाडौं – सामुहिक मेला मिलाप र मिलानाको संदेश दिने फागु ( होली ) ,आज देशका हिमाली र पहाड़ी क्षेत्रमा मनाइदैछ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ , लोलामा पानी र रङ्ग घोलेर होलि मनाउने परम्परा छ। होली पर्वको अवसरमा आज सरकारले हिमाली र पहाड़ी जिल्लामा सार्वजनिक बिदा दिएको छ।

फागुपूर्णिमा अर्थात होली पर्वलाई मर्यादा, सुरक्षित र शांतिपूर्ण बनाउनका लागी विशेष सुरक्षा योजना निर्माण गरी लागू गरिएको छ। हिन्दुहरुको महान पर्व होलिको सुरक्षा योजना अंतरगत यो साल झन्डै 30 हजार जना प्रहरी कार्यान्वयन गरिएको छ।


काठमाडौं उपत्यकाको बिहान सूर्योदयबाट गर्ने व्यवस्था मिलाइको छ। अहिले बसंतुपर, पाटन, जावलाखेल, भक्तपुर लगायतका ठाउँमा सयौँ मानिस जम्मा भएर होली मनाएका छन्न।



यसवर्ष पहिले भन्दा मर्यादितरूपमा होली मनाइरहेको देखिएको छ। युवायुवती स्वतःस्फूर्तरूपमा पुगेर रङ खेलेर रमाइलो गरिरहेको देखिन्छ।
#रासस












