नेतन्याहू र बाइडेनबीच इजरायल–हमास युद्ध अन्त्यका लागि छलफल
काठमाण्डौः अमेरिकी संसद्मा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही बिषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ । नेतन्याहुले गाजा युद्धको विरोध गर्ने अमेरिकीहरूलाई ‘मूर्ख’ को संज्ञा दिनुभएको छ । हमासले युद्ध अन्त्य गर्ने र बन्धक बनाइएकाहरूलाई फिर्ता गर्ने प्रयासमा प्रधानमन्त्री नेतन्याहूले अवरोध पु¥याएको आरोप लगाएको…


