आज हर्षोल्लासपूर्वक तीज पर्व मनाइँदै
लालबन्दी : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले…


