प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई असफल हुन नदिने प्रतिबद्धता जनाउँदै सचिवहरूलाई योजना अनुसार काम गर्न निर्देशन दिएका छन्। दुई प्रमुख दलको सहकार्यमा बनेको सरकारलाई सफल बनाउन अठोट गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, र रूढीवादी परम्पराको अन्त्यका लागि सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। एक कार्यक्रममा बोल्दै, उनले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए। मन्त्री गुरुङले ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै, बोक्सी प्रथा, सति प्रथा, हलिया, छाउपडी, हरवाचरवा, र कम्लरी प्रथालाई पूर्ण रूपमा अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको भए पनि आर्थिक रूपमा मुलुक धेरै पछाडि रहेको औँल्याए। कार्यक्रमको अवसरमा बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोष्टर पनि सार्वजनिक गरियो।
सिरहामा ५६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २७ वर्षीय इम्तियाज अहमद पक्राउ परेका छन्। उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी विदेशमा मृत व्यक्तिको बैंक खातामा रहेको रकमको उत्तराधिकारी बनाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी काठमाडौं ल्याएको छ।
काठमाडौँः आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३…
कथाकार गोपी मैनालीको नयाँ कथा संग्रह “विशृंखलित सपना” लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले शनिबार आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरे। समीक्षकहरूले मैनालीका कथालाई उच्च कोटिको बताउँदै मानवीय संवेदना र सामाजिक परिवेशलाई समेटेको उल्लेख गरेका छन्।
जनकपुरधामः धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। धनुषाधाम नगरपालिका-२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो। उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर भने घाइते भएकी छन्। सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। बिहान…
काठमाडौंः संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रधान आफैंले उम्मेदवारी कायम राख्न नचाहेको भन्दै सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रस्तावित व्यक्ति स्वयंबाट नै आफ्नो उम्मेदवारी कायम नराख्न समितिमा निवेदन दिएपछि अस्वीकृत गरिएको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए । नाम…
काठमाण्डौः दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिनमुनि कडा चट्टान भेटिएपछि ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरू भाँचिन थालेकाले ड्रिलिङ कार्यमा कठिनाइ भएको हो । खानी तथा भू–गर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजन जिओलोजिस्ट सुरेश श्रेष्ठका अनुसार ड्रिलिङ गर्ने मेसिनका बिट कडा चट्टानका कारण भाँचिन थालेपछि…
मलंगवा : प्रहरीले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यारा सार्वजनिक गरेको छ। विगत १० वर्षदेखि पूर्वराज्यमन्त्री रायको सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले नै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन राखेर प्रहरीले…