कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिँदै

काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *