जुम्लामा गर्भवती आमालाई पोषणमा सुधारका लागि टनेलपाल वितरण

जुम्लामा गर्भवती आमालाई पोषणमा सुधारका लागि टनेलपाल वितरण

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिकाका ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न टनेलपाल वितरण गरिएको छ  गाउँपालिका वडा नम्बर ३ का ३९ जना गर्भवती आमालाई , आमा र शिशुको पोषणलाई सुधार गर्न प्रति व्याक्ति एक वटाका दरले टनेलपाल वितरण गरिएको हो। जुम्लामा गर्भवती आमालाई पोषणमा सुधारका लागि टनेलपाल वितरण गरिएको हो।

हरियो सागपात खाने बानीको विकास गर्नका लागि टनेलपाल उपलब्ध गराइएको वडा सचिव पविता रोकाया बुढाले बताइन्।उनले भनिन्,एक हजार दिनका आमा र शिशुको पोषणमा सुधार ल्याउने उद्देश्य छ।’ ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउने कार्यलाई अगाडि बढाइएको वडा सचिव रोकाया बताउँछिन्।

गर्भवती र एक हजार दिनका आमाले पाएको टनेलपाललाई अन्य कामका लागि प्रयोग गर्ने गरेको पाइएकोले त्यसो नगरी पोषण परिवर्तनको लागि प्रयोग गर्न  वडा नम्बर ३ का वडाध्यक्ष ईन्द्र बुढाले आग्रह गरे।सरकारलाई लगानी गर्न उर्जा थप्ने कामतिर लाग्न पनि उनले सुझाव दिए।

उनका अनुसार, बजारमा पाइने बनिबनाउ खाना निरुत्साहित गर्दै अर्गानिक खानालाई प्रवर्द्धन गर्नुपर्ने जरुरी छ। वडालार्इ समृद्ध र सफल बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने उनले दाबी पनि गरे।पोषणमा सुधार गर्नका लागी अर्को वर्ष पोषणमैत्री वडा बनाउन  यस्ता कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ।वितरण गरेको टनेलपाललाई असोजको पहिलो हप्ताभित्र करेसाबारीमा हालि सक्नुपर्ने उनले बताए।अनुगमनको क्रममा आमाहरु पौष्टिक आहारको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउने योजनासहित यो कार्यक्रम सुरु गरिएको उनले बताए।

गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि बारम्बार जनचेतना दिने गरिएको छ। टनेलपाल नदेखिए कारबाहीको दायरामा ल्याइने उनले चेतावनी समेत दिए।बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले हुनु पनेृ भएकाले गर्भमा रहेदेखि नै बच्चा जन्मेको २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने गुठिचौर गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता जगि प्रसाद धितालले बताए।

जसमा गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरी २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ। यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी कुरामा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए। यो समयमा ‘हरेक बार खाना चार’ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा विशेष जोड दिन पनि उनले आग्रह गरे।स्वास्थ्य संस्थामा ८ पटकको गर्भ जाँच अनिवार्य गर्नु भनिएको छ। वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतना दिने कार्यसमेत गरिएको छ। अन्न, गेडागुडी, घ्यु तेल माछा मासु र अण्डा, फलफुल सागपात र तरकारी जस्ता खाने कुरालाई प्राथामिकता दिनुपर्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *