काठमाडौँ । काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई सवारी निषेधित जोन बनाउन लागेको खबर त सुन्नु भएको होला? महानगरको उक्त योजनाको विरोधमा बुधवार स्थानीय तथा व्यापारीहरूले विरोधमा प्रदर्शन गरेका हुन् । न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीय र व्यापारीहरूले मिलेर प्रदर्शन गरेका हुन ।
बुधबार बिहान न्यूरोड क्षेत्रका व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

स्थानीय र व्यापारीहरूले गुनासो
व्यवसायीहरू ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने?’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर सडक किनारमा उभिएका छन्

न्युरोडलाई सवारी निषेधित क्षेत्र
काठमाडौं महानगरपालिकाको जेठ ३२ गतेको बैठका न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव पेस भएको थियो।
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।

महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।
महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो ।

दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गर्नुपर्ने भन्दै महानगरले त्यसको लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।
महानगरपालिका को सवारी निशेध गर्नुको उदेश्य
महानगरपालिकाले सवारी निशेध गर्नुको मुख्य उद्देश्य आम नागरिकको सहज आवागमन सुनिश्चित गर्नु हो।
यसले सहरी सौन्दर्यीकरण र ट्राफिक व्यवस्थापनमा पनि सुधार ल्याउँछ।योजना अनुसार, सवारी निशेधले सडकमा यातायातको भीड घटाउँछ।
पैदलयात्रीहरूको लागि सुरक्षित र सुविधा सम्पन्न वातावरण सिर्जना गर्छ। महानगरपालिकाको उदेश्य जानेर पनि स्थानीय तथा व्यापारीहरु मिलेर विरोध गरेको हुन।
महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो ।



