युरो कपमा आज राति , तीन खेल हुँदै

काठमाडौं । युरो कपमा आज राति तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा क्रोएसियाले अल्बानियाको सामना गर्नेछ ।

युरो कपमा आज राति खेल्ने तीन खेलम्मा पहिलो खेलमा क्रोएसिया र अल्बानियाको , जर्मनीले हंगेरीसँग खेल्दा स्कटल्यान्डले स्विट्जरल्यान्डको सामना गर्ने ।

सुरुवाती खेलमा स्पेनसँग तीन-शून्यले पराजित भएपछि क्रोएसिया आज पहिलो जित हासिल गर्नी योजनामा खेल्दै छ ।

मिड फिल्डर लुका मोड्रिचको टिमलाई नकआउटमा पुग्ने टोलीको रूपमा हेरिएको छ।त्यसैले आज उसले सुधारिएको प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

जर्मनी हंगेरीको बिच प्रतिस्पर्धा

यस्तै आज राति दश बजे हुने खेलमा जर्मनीले हंगेरीको सामना गर्नेछ। यी दुवै टोली युरोपका निकै बलिया टोलि हुन् ।

आजको खेलमा पनि निरन्तर जित हासिल गरेर जर्मनी नकआउट चरणको नजिक पुग्ने योजनामा छ। 

चार वर्षअघि दुई टिमले सन् १९५४को विश्वकप फाइनलमा पनि खेलेका थिए, जहाँ दुई टोलीले २-२ को बराबरी खेलेका थिए ।

त्यो बराबरीको कारण जर्मनी समूहले हार अगाल्नु परेको थियो भने यी दुई टिमबीच विश्वकप,युरो कपमा तीन खेल भएका छन् ।

तीन खेलमा यी दुई टिमबीच २० गोल भएका थिए । आजको खेल पनि हाइस्कोरिङ हुने अनुमान गर्न सकिन्छ ।

पहिलो खेलमा स्कटल्यान्डविरुद्ध ५-१ को जितपछि जर्मनी आज त्यो लयलाई कायम राख्ने योजनामा छ ।

स्कटल्यान्डले स्विट्जरल्यान्डसङ सामना गर्ने

त्यसैगरी आज राति नै पौने १ बजे हुने खेलमा समूह ए कै स्कटल्यान्डले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

युरो कपमा दुई टोली अठाइस वर्षपछि भेट भएका हुन् भने पहिलो खेलमा फराकिलो अन्तरले पराजित स्कटल्यान्डलाई आज जितको विकल्प छैन।

स्विट्जरल्यान्डले हंगेरीलाई सहजै हराइसकेको कारण ऊ अघिल्लो चरणमा पुग्ने योजनासहित मैदान उत्रने छ । 

यो समूहमा जर्मनी र स्विट्जरल्यान्डको समान तीन तीन अंक छ भने हंगेरी र स्कटल्यान्ड अंकविहीन छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *