यात्रुवाहक जीप दुर्घटना हुँदा डोटीमा दुई जनाको ज्यान गएको छ

डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ

डोटी – डोटीको जोरायल गाउँपालिका–१ खडिनामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

दार्चुलाबाट धनगढीतर्फ गुडिरहेकाे जीप दुर्घटना हुँदा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र त्यही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा ज्यान गएको हो ।

आज बिहान भएको दुर्घटनामा घाइते भएकाहरूकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा चालकसहित नौ जना सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *