सर्लाहीमा दुर्घटनाहुँदा मोटरसाइकल चालकको मृत्यु : फरार ट्रक चालक कुशवाह प्रकाउ

फरार ट्रक चालक कुशवाह

सर्लाही, हरिवन – हरिवन नगरपालिकामा मंगलबार भएको ट्रक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु गराएर फरार ट्रक चालक कुशवाह प्रहरीको धेरै कोसिस पछी आज प्रकाउ परेका छन। हरिवन नगरपालिका वडा नम्बर १० सुखेपोखरीमा भएको उक्त दुर्घटनामा बागमती नगरपालिका-२ का २० वर्षीय दीपशरण चालिसे को मृत्यु भएको थियो।

दुर्घटनामा संलग्न ट्रक चालक २६ वर्षीय सोलिन्द्र कुमार कुशवाहलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय केशरगञ्जको समन्वयमा कुशवाहलाई बयलबासबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। कुशवाह ईश्वरपुर नगरपालिका वडा नम्बर १३ का बासिन्दा हुन् र उनलाई बयलबास बजारमा हिँडिरहेको अवस्थामा बिहान साढे ६ बजे नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार, ना६ख ४९८९ नम्बरको ट्रकले पश्चिमबाट पूर्व गइरहेको बेला मोटरसाइकल चालक दीपशरण चालिसेलाई ठक्कर दिएको थियो। घटनास्थलमै चालिसेको मृत्यु भएपछि कुशवाह घटनास्थलबाट फरार भएका थिए। फरार कुशवाहलाई खोजी गर्ने क्रममा प्रहरी टोलीले बयलबास बजारमा फेला पारेको हो।दुर्घटना भए पछी फरार ट्रक चालक कुशवाह प्रहरीको डरले दुर्घटना क्षेत्रबाट फरार भएका थिए ।

प्रहरीले पक्राउ परेका कुशवाहमाथि र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यस घटनाले सडक सुरक्षाको महत्त्व पुनः उजागर गरेको छ र दुर्घटना रोकथामका लागि सतर्कता अपनाउन सबैलाई सचेत गराएको छ।

दुर्घटनामा मृत्यु भएका चालिसेको परिवारमा ठूलो शोक परेको छ। यस्ता घटनाले सडक सुरक्षा व्यवस्थापन र ट्राफिक नियमको पालना गर्ने महत्त्वलाई बल दिएको छ। प्रहरी प्रशासनले आगामी दिनमा यस्ता दुर्घटनालाई रोक्न कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *