काठमाडौँ : देशभरको विभिन ठाउँठाउँमा हावाहुरी सहित वर्षा भएपछि आजबाट देशभरको तापक्रममा कमी आएको छ। नेपालगञ्जमा यस वर्षकै सर्वाधिक गर्मी भएको थियो। जहाँ ४४.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। तर पानी पर्न थालेपछि तापक्रममा केही गिरावट अथवा तापक्रममा कमि आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आज आइतबार बिहान ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम ४१.४ डिग्रीमा झरेको हो । यस्तै धनगढीमा ४०.७ डिग्री रहेको छ । त्यस्तै पोखरामा ३४ र काठमाडौँमा ३४.४ डिग्री तापक्रम मापन भएकोमा आज झरेर पोखरामा अधिकतम तापक्रम ३१.५ र काठमाडौँमा ३२ डिग्री भै आजबाट देशभरको तापक्रममा कमि आएको छ । विराटनगरमा ३४ डिग्रीमा झरेको हो ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार आज दिपायलमा ३९.४, वीरेन्द्रनगरमा ३८.१ रहेको छ । त्यस्तै सिमराको तापक्रम ३६.४ डिग्रीमा झरेको छ।यस्तै जनकपुरमा ३५.८ र दोलखाको जिरीमा २४.४ डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ।आज कोशी, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरीसहित हलुका वर्षा भइरहेको छ।


