गृह मन्त्रालयले देशभरका १६ सिडिओहरूको सरुवा तथा पदस्थापन गरेको छ। सर्लाहीमा गोपाल कुमार अधिकारीलाई नयाँ सिडिओका रूपमा पठाइएको छ। अधिकारी यसअघि कञ्चनपुरमा कार्यरत थिए।
सर्लाहीका हालका सिडिओ कोमल प्रसाद धमालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। धमाला ८ महिनाअघि हिन्दु तथा मुस्लिम समुदायबीचको झडपपछि सर्लाहीमा सिडिओका रूपमा आएका थिए।
सर्लाहीमा उग्र विवादपछि आएको धमालाले जिल्लामा शान्ति सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, उनको कार्यकाल छोटो रहेर ८ महिनामै सरुवा गरिएको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्। यस निर्णयले विभिन्न जिल्लाहरूमा प्रशासनिक जिम्मेवारीमा परिवर्तन ल्याएको छ।


