काठमाडौंमा बिहिवार साँझ हावाहुरी चलेको छ। विभिन्न स्थानहरूलाई प्रभावित बनाएको छ। हावाहुरीसँगै वर्षा पनि भइरहेको छ। नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु, र भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसममा परिवर्तन आएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोसी, मधेस, वाग्मती, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ, भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोसी, मधेस, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


