मन्त्री भगवती चौधरीद्वारा बाल कुपोषणविरुद्ध ‘इनफ’ अभियानको घोषणा

मन्त्री भगवती चौधरीद्वारा बाल कुपोषणविरुद्ध 'इनफ' अभियानको घोषणा

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीद्वारा बाल समस्याले देशको विकासलाई अवरुद्ध गर्ने बताएकी छन्। बाल कुपोषण र भोकमरीविरुद्धको अभियान ‘इनफ’ को घोषणा गर्दै, मन्त्री चौधरीले कुपोषणविरुद्ध घरपरिवार, समाज, र राज्यले मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।

उहाँले गर्भावस्थादेखि नै बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष ख्याल गर्नुपर्ने उल्लेख गर्दै, संघीय सरकारले दिवाखाजाका लागि पठाएको १५ रुपैयाँमा स्थानीय सरकारले थप रकम मिलाएर गुणस्तरीय खाजाको व्यवस्था गर्नुपर्ने बताइन्। तीनै तहका सरकार र सरोकारवाला निकाय एकजुट भएर काम गरेमा कुपोषण अन्त्यमा राम्रो परिणाम आउने उनको विश्वास छ।

मन्त्री चौधरीले विभिन्न बालगृहमा गुणस्तरीय खाने कुरा नदिएको रिपोर्ट संसदीय समितिबाट प्राप्त भएको जानकारी दिँदै, सम्बन्धित निकायलाई तुरुन्त कारबाही वा सचेत गराउने बताइन्। कमजोर आर्थिक अवस्थाका बालबालिका कुपोषणको जोखिममा रहने बताउँदै, सरकारले रैथाने खानेकुरामा जोड दिएको बजेटले सकारात्मक प्रभाव पार्ने बताइन्।मन्त्री भगवती चौधरीद्वारा बाल बालिकालाई बचाउन राज्य एकजुट हुन् जरुरि छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले ‘इनफ’ अभियानले नेपाल सरकारको बाल भोकमरी र कुपोषण अन्त्यका लागि प्रयासलाई सहयोग गर्ने बताइन्। संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट २०२३ को सेप्टेम्बर २२ मा यो अभियानको घोषणा गरिएको हो, जसको उद्देश्य विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्नु हो।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ, र प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीरको पूर्ण वृद्धि हुन नसकेको पाइएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालले नेपाल सरकारलाई बाल भोकमरी र कुपोषणको क्षेत्रमा सहयोग गर्न १७ लाख अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *