बालविवाह मुक्त नेपालका लागि बागमती प्रदेशको प्रतिबद्धता

बालविवाह मुक्त नेपालका लागि बागमती प्रदेशको प्रतिबद्धता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नीतिगत र कानुनी पहलमार्फत २०३० सम्म बालविवाह उन्मूलन गर्ने लक्ष्यमा प्रदेश सरकार दृढ रहेको जानकारी दिए। यो अभियानले समुदाय स्तरमा जनचेतना बढाउँदै कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको छ।

Read More
मन्त्री भगवती चौधरीद्वारा बाल कुपोषणविरुद्ध 'इनफ' अभियानको घोषणा

मन्त्री भगवती चौधरीद्वारा बाल कुपोषणविरुद्ध ‘इनफ’ अभियानको घोषणा

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकामा कुपोषणको समस्या देशको विकासमा अवरोध हुने बताएकी छन्। बाल कुपोषण र भोकमरीविरुद्धको अभियान ‘इनफ’ को घोषणा गर्दै, चौधरीले घरपरिवार, समाज, र राज्यले मिलेर कुपोषणविरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिइन्।

गर्भावस्थादेखि नै बालबालिकालाई कुपोषणबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताउँदै, उनले संघीय सरकारले दिवाखाजाका लागि पठाएको १५ रुपैयाँमा स्थानीय सरकारले थप रकम मिलाएर गुणस्तरीय खाजाको व्यवस्था गर्नुपर्ने सुझाव दिइन्।

तीनै तहका सरकार र सरोकारवाला निकाय एकजुट भएर काम गरेमा कुपोषण अन्त्यमा राम्रो परिणाम आउनसक्ने बताइन्। बालगृहमा गुणस्तरीय खाने कुरा नदिएको रिपोर्ट संसदीय समितिबाट प्राप्त भएको जानकारी दिँदै, उनले सम्बन्धित निकायलाई तुरुन्त कारबाही वा सचेत गराउने बताइन्।

कमजोर आर्थिक अवस्थाका बालबालिका कुपोषणको जोखिममा रहने बताउँदै, सरकारले रैथाने खानेकुरामा जोड दिएको बजेटले सकारात्मक प्रभाव पार्ने उनले भनिन्। वर्ल्ड भिजन इन्टरनेशनल नेपालले नेपाल सरकारलाई बाल भोकमरी र कुपोषण अन्त्यका लागि १७ लाख अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता जनाएको छ।

Read More