रोहित र रिकेल्टनको शानदार ब्याटिङमा मुम्बईको जित – Online Khabar

News Summary

Generated by OK AI. Editorially reviewed.

  • मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।
  • मुम्बईले १८.४ ओभरमा २२९ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गरेको छ।
  • रोहित शर्माले ८४ र रायन रिकेल्टनले ८३ रन बनाए, पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरे।

२१ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा तेस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको २२९ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर रोहित शर्मा र रायन रिकेल्टनले शानदार ब्याटिङ गरे ।

रोहितले ४४ बलमा ८४ रन तथा रिकेल्टनले ३२ बलमा ८३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरेका थिए । नमन धिर २३ रनमा अविजित रहे ।

लखनउका मनिमरन सिद्धार्थले २ विकेट लिँदा मोहम्मद शामी र मोहसिन खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । सुरुवाती १० ओभरमा १ विकेट गुमाएर १४१ रन बनाएको भएपनि त्यसपछिको १० ओभरमा लखनउले अपेक्षित रन बनाउन सकेन । यद्यपी बलियो योगफल भने खडा गर्‍यो ।

निकोलस पूरनले सर्वाधिक ६३ रन बनाए । २१ बल खेलेका उनले १ चौका र ८ छक्का प्रहार गरे । पूरनले १६ बलमा अर्धशतक पूरा गरेका थिए । मिचेल मार्शले ४४ तथा एइडेन मार्क्रमले अविजित ३१ रन बनाए ।

मुम्बईका कर्बिन बोशले २ विकेट लिँदा रघु शर्मा र विल ज्याक्सले १-१ विकेट लिए ।

यो जितसँगै १० खेलमा ६ अंक जोडेको मुम्बई नवौं स्थानमा यथावत् छ भने ९ खेलमा ४ अंक भएको लखनउ १०औं स्थानमा छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *