ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपालले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
  • विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ र नेपाललाई सुरुवातमा सह–आयोजक देशका रूपमा छनोट गरिएको थियो।
  • टोलीका मुख्य प्रशिक्षक पूरनसिंह खत्री, सहायक प्रशिक्षक नहेन्द्र निरौला र व्यवस्थापक भगवती भट्टराई नियुक्त भएका छन्।

१ कात्तिक, काठमाडौं । क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

यो विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। नेपाललाई सुरुवातमा सह–आयोजक देशका रूपमा छनोट गरिएको भए पनि देशको राजनीतिक परिस्थितिका कारण प्रतियोगिता पछि श्रीलंकामा सारिएको हो।

टोलीका मुख्य प्रशिक्षकका रूपमा पूरनसिंह खत्री, सहायक प्रशिक्षकका रूपमा नहेन्द्र निरौला र टोली व्यवस्थापकका रूपमा भगवती भट्टराई बराल नियुक्त भएका छन्।

ब्लाइन्ड महिला क्रिकेटको सुरुवात सन् २००६ मा नेपालमै भएको थियो। हाल यो खेल भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान र अमेरिका लगायत सात देशमा फैलिएको छ।

नेपाली टोली : गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्ली सारा धमला, देवकी थापा मगर, अंगिला ढकाल, मन्केशी चौधरी, कान्ती दगौरा, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, येसेरा माया लुङ्गेली मगर, बिमला राई र प्रतिभा राई।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *