हेलिकप्टरबाट सप्तरीको कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज । नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ । 

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको हो । विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको छ ।

कङ्कालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि दिने चलन छ । बलिका लागि हालसम्म ५९० राँगा आइपुगेको मन्दिर विकास समितिले जनाएको छ । आज यहाँ पनि ठुलो मेलासमेत लागेको छ । 

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत आज पुष्प वृष्टि गरिएको छ । गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *