नेपाल चेम्बर र श्रीलंकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्य सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्ट्सबीच व्यापार र लगानी विस्तारका लागि सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।
  • सम्झौताले दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने, उद्योग स्थापना र संयुक्त लगानी अवसर पहिचान गर्ने व्यवस्था मिलाएको छ।
  • दुवै पक्षले आर्थिक प्रवृत्ति, बजार तथ्यांक र वैदेशिक व्यापार नीति आदान–प्रदान गर्ने सहमति जनाएका छन्।

९ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्ट्स बीच व्यावसायिक प्रतिनिधिमण्डल आदान-प्रदान मार्फत- दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।

आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान मार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको निर्यात चेम्बरबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताले दुवै देशका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यावसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्ने छ ।

नेपाल चेम्बरका प्रतिनिधिले श्रीलंकाको आर्थिक पुनरुत्थानका विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ ।

दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको चेम्बरले जनाएको छ ।

श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल एवं श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्टर्स अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितिमा भएको सम्झौतामा चेम्बरका तर्फबाट उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समिति सभापति अर्जुनप्रसाद शर्मा र श्रीलंका नेसनल चेम्बर अफ एक्स्पोर्टर्सका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरे ।

दुवै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यावसायिक प्रतिनिधिमण्डल आदान प्रदान मार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।

सम्झौता अनुसार दुवै संस्थाले स्थानीय तथा राष्ट्रिय आर्थिक प्रवृत्ति, बजार सम्बन्धी तथ्यांक, वैदेशिक व्यापार नीति र लगानी प्रोत्साहन सम्बन्धी जानकारी नियमित आदान–प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *