बरहथवामा वडासदस्य राधेश्याम महतोको निधनमा आज शोक बिदा

बरहथवामा वडासदस्य राधेश्याम महतोको निधनमा आज शोक बिदा

बरहथवा : बरहथवा नगरपालिका–९ का निर्वाचित वडासदस्य राधेश्याम महतोको निधन भएपछि नगरपालिकाले आज बिहिबार शोक बिदा दिएको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै उनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

नगरपालिकाले बिहिबारका दिन सबै वडा कार्यालय, नगरपालिका मातहतका स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) र शैक्षिक संस्थाहरू बन्द राख्ने निर्णय गरेको हो। यसदिन नगर क्षेत्रमा शोक वातावरण रहेको छ।

वडासदस्य महतोको निधन भदौ १९ गते भएको हो। उनको निधनले बरहथवा नगरपालिका र स्थानीय राजनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै नगरवासीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राधेश्याम महतो नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका वडा सदस्य हुन्। स्थानीय विकास र जनसेवामा सक्रिय रहँदै आएका महतो लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित थिए।

नगरपालिकाले महतोको योगदानलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकको यस घडीमा उनको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ।

बरहथवामा वडासदस्य राधेश्याम महतोको निधनमा आज शोक बिदा
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *