१४ करोडको मुद्दामा धीरज मगर र ऐरी फिल्मका निर्माताबीच सहमति

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीच १४ करोड क्षतिपूर्तिको विवाद मिलेको छ।
  • चलचित्र निर्माता संघले दुवै पक्षलाई बोलाएर सहमति गराएको छ।
  • धीरजले सहमतिअनुसार छायांकनका लागि समय दिने र मिति तलमाथि भए आपसी छलफल गर्ने सहमति भएको छ।

काठमाडौं । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद मिलेको छ । सहमतिअनुसार धीरज छायांकनमा उपस्थित नभएको भन्दै निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्ति मागदावी गरी उनीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका दिए ।

ऐरी फिल्मको निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी २ भदौमा संघमा दर्ता भएको थियो ।

उजुरीपछि चलचित्र निर्माता संघले बुधबार धीरज र फिल्मका निर्मालाई बोलाएर छलफल गरेको थियो । छलफलपछि संघको रोहबरमा दुवैपक्षबीच सहमति भएको संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

छलफलपछि तोकिएको समयमा धीरजले छायांकनका लागि समय दिने सहमति भएको छ । साथै मिति तलमाथि भएमा दुई पक्ष बसेर आपसी छलफल गरी समस्या अघि बढ्ने सहमति पनि भएको छ ।

सहमतिअनुसार धीरज छायांकनमा उपस्थित नहुँदा फिल्मलाई १४ करोड क्षति पुगेको दावी उजुरीमा थियो ।

धीरजले १६ दिनमात्र ‘ऐरी’को छायांकन गरेको तर, सहमतिअनुसार बाँकी २८ दिन नआएको निर्माताले आरोप लगाएका थिए ।

१० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख रुपैयाँ अग्रिम उपलब्ध गराए पनि धीरज सुटिङमा नआएको निर्माताले उजुरीमा उल्लेख गरेका थिए ।

हालै झण्डै एक महिना ढोरपाटन क्षेत्रमा ‘ऐरी’को छायांकन चलेको थियो । झण्डै १ वर्ष छायांकन चल्ने बताइए पनि बीचमा रोकिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *