एनओसी तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न खेलकुदमन्त्री चौधरीको निर्देशन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल ओलम्पिक कमिटीको नवगठित तदर्थ समितिको टोली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच भेटवार्ता भएको छ।
  • मन्त्री चौधरीले समितिलाई सक्रिय भएर अघि बढ्न निर्देशन दिएका छन्।
  • भेटमा एशियन खेलकुदमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न र ओलम्पिक कमिटीका गतिविधि कानुन बमोजिम सक्रिय बनाउन छलफल भएको थियो।

६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नवगठित तदर्थ समितिको टिम र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच भेटवार्ता भएको छ ।

समितिका संयोजक ध्रुवबहादुर प्रधान नेतृत्वको टोलीसँग भएको भेटका क्रममा मन्त्री चौधरीले सक्रिय भएर अघि बढ्न समितिलाई निर्देशन दिएका छन् ।

ओलम्पिक कमिटीको तदर्थ समितिले औपचारिक रुपमा नेतृत्व सम्हालेपछि औपचारिक पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्ययोजना पनि सार्वजनिक गरेको थियो ।

भेटघाटमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो ।

भेटघाटमा अगामी वर्ष जापानमा हुने एशियन खेलकुदमा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउनका लागि अविलम्ब पहलकदमी लिने साथै नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारे समेत छलफल भएको थियो ।

आगामी दिनमा मन्त्रालय र खेलकुद परिषदसँग समन्वय र सहजीकरण गरेर नेपाल ओलम्पिक कमिटीले आफ्ना गतिविधि बढाउन मन्त्रीबाट निर्देशन भएको जनाइएको छ ।

शुक्रबारै अन्तर्राष्ट्रिय मान्यता प्राप्त जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीको पनि कार्यसमिति बैठक बसेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *