काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दै कारा कोरियन ब्युटी स्टोरले उपभोक्ताका लागि विशेष छुट र गिफ्ट योजना सार्वजनिक गरेको छ। स्टोरले ओरिजिनल स्किन केयर प्रडक्टमा ७० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
स्टोरले ल्याएको अफरअनुसार तीन हजार रुपैयाँ बराबरको किनमेल गर्ने ग्राहकलाई ‘लक्की ड्र’ मार्फत ६४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर जित्ने अवसर प्रदान गरिनेछ। यसले उपभोक्तालाई गुणस्तरीय सामान किफायती मूल्यमा पाउने र उपहार जित्ने दुबै सुविधा दिनेछ।
व्यवस्थापकका अनुसार बजारमा डुप्लिकेट र नक्कली सामानको बिगबिगी भइरहेका बेला कारा कोरियन ब्युटी स्टोरले मात्र ओरिजिनल र विश्वसनीय प्रडक्ट आयात गर्दै आएको छ। यसले उपभोक्तालाई सुरक्षित र भरपर्दो स्किन केयर सेवा लिन सहज बनाएको छ।
स्टोरले ग्राहकको स्किन प्रकार अनुसार उपयुक्त सामान छनोटमा सहयोग गर्ने सुविधा पनि दिएको छ। विशेष गरी चाया, पोतो, डन्डिफोर, ब्ल्याकहेड्स र रिङ्कल्स जस्ता समस्या भोगिरहेका उपभोक्तालाई लक्षित गर्दै विभिन्न कोरियन स्किन केयर प्रडक्ट उपलब्ध गराइएको छ।
तीजलाई अझ रमाइलो र यादगार बनाउन सुरु गरिएको यो अफर सीमित समयका लागि मात्र खुला रहने भएकाले इच्छुक ग्राहकले चाँडै सम्पर्क गर्नुपर्ने स्टोरले जानकारी दिएको छ। अफरले उपभोक्तालाई सौन्दर्यमा आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ।



