महाजात्रा’को दुई हप्तामा लगभग १० करोड ग्रस कलेक्सन

काठमाडौं : हलमा लागेको फिल्म ‘महाजात्रा’ले दुई हप्तामा लगभग १० करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले देशभर उच्च शो पाएको र हाउसफुल भएकाले आक्रामक व्यापार गरेको हो । 

फिल्मका निर्देशक प्रदीप भट्टराईका अनुसार काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले १ करोड २३ लाख ग्रस कलेक्सन गरेको छ । शनिबार १ करोड ८३ लाख गरी दुई दिनमा ३ करोड ६ लाख ग्रस कलेक्सन गरेको हो भने दुइ हप्ताको ग्रस कलेक्सन हेर्दा १० करोड पुगेको हो ।

फिल्मले ४० देशका २५० भन्दा धेरै शहरमा रिलिज हुने अवसर पाएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाको समस्या नै फिल्मको मुख्य कथा हो । निर्देशक भट्टराईकै लेखन रहेको फिल्ममा विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको मुख्य भूमिका छ । यही टिमको यसअघि ‘जात्रा’ र ‘जात्रैजात्रा’ पनि हिट भएको थियो । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *