सर्लाही बागमतीका एक विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिए

सर्लाही बागमतीका एक विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन्।

बागमती नगरपालिका- ६ धरहरा घर भएका १६ वर्षीय किशोरलाई हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

हरिवन-९ स्थित ज्ञानज्योति आवासीय विद्यालयका ती किशोरले आज पहिलो दिन प्रहरी हिरासतबाटै अंग्रेजी विषयको परीक्षा दिएका इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए। उनले इप्रका हरिवनको प्रांगणमा बसेर परीक्षा दिएका हुन्। 

ज्ञानज्योति स्कुलको परीक्षा केन्द्र महेन्द्र मावि कर्मैयामा तोकिएको छ। ‘परीक्षा केन्द्रसँगको समन्वयमा उनलाई हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाएका हौँ,’ इन्सपेक्टर गिरीले भने। 

ती किशोर आफ्नी आमाको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरी हिरासतमा छन्। सोही आरोपमा उनका वुवा (मृतक महिलाका पति) पनि हिरासतमै रहेका प्रहरीले जनाएको छ। 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *