त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

काठमाडौंत्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दिपक अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार अपरान्ह प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले शपथ लिएका थिए ।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *