जनकपुरको विकास र राजर्षि जनक विश्वविद्यालय निर्माणमा आरोप–प्रत्यारोप

जनकपुरको विकास र राजर्षि जनक विश्वविद्यालय निर्माणमा आरोप–प्रत्यारोप

जनकपुरः राजर्षि जनक विश्वविद्यालय ‘को प्रशासनिक भवन निर्माणलाई लिएर नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच चर्को आरोप–प्रत्यारोप सुरु भएको छ।

शनिवार नेता निधिले पत्रकार सम्मेलनमार्फत महासेठ र उनकी पत्नी जुलीकुमारी महतोले विश्वविद्यालय निर्माणमा अवरोध गरेको आरोप लगाएपछि, आइतवार जनकपुरमै आयोजित पत्रकार सम्मेलनमा महासेठले ती आरोपको खण्डन गर्दै निधिमाथि उल्टै विकासविरोधी मानसिकताले ग्रसित भएको आरोप लगाए।

जनकपुरधामको फोहरमैला व्यवस्थापनदेखि शहीद दुर्गानन्द झाको स्मृति भवन निर्माणमा समेत निधिले अड्चन पुर्याएको आरोप लगाएका महासेठले निधिको अभिव्यक्ति भ्रम फैलाउने र स्वार्थपूर्ण रहेको दाबी गरे। महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विश्वविद्यालय निर्माणका लागि पहल गरिएको जानकारीसमेत दिएका छन्।

यता एमाले पोलिट्ब्युरो सदस्य जुलीकुमारी महतोले निधिले आफूलाई “महिला सांसद” भन्दै दिएको टिप्पणीप्रति आक्रोश पोख्दै त्यसलाई लैंगिक भेदभावको संज्ञा दिएकी छन्। यस्तो आरोप–प्रत्यारोपले जनकपुरको विकास योजनामा राजनीतिक हस्तक्षेप तथा स्वार्थको झलक देखिएको विश्लेषण भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *